गृहपृष्ठ राप्रपा गाउँ पस्दै
राप्रपा गाउँ पस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई गाउँ पठाउने भएको छ । भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी दिएर उनीहरुलाई गाउँ पठाउन थालिएको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाका नेताहरूले भन्दै आएको नवीन राप्रपाको नयाँ कार्यक्रमअन्तर्गत नेताहरूले आआफ्नै स्थानीय तहमा संगठन पुनर्गठन तथा विस्तार गर्न लागिपरेका हुन् ।
७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेताहरूलाई यसरी खटाइएको हो । जुन पहिलो अभ्यास भएको राप्रपाले बताएको छ ।
प्रकाशित समय : ०६:१२ बजे



















