global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै : आज ८ मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै : आज ८ मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै : आज ८ मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा आइतबार (हिजो)बाट सुरु भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

आज ८ जना मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु