global ime bank Long Banner Ad

गृहपृष्ठ वेष्ट इन्डिजसँग नेपालले टस जितेर पहिला बलिङ

वेष्ट इन्डिजसँग नेपालले टस जितेर पहिला बलिङ

वेष्ट इन्डिजसँग नेपालले टस जितेर पहिला बलिङ

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । यो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ ।

खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु