गृहपृष्ठ धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय
धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय
सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्री शर्माले मंगलबारको बैठकको निर्णयबारे जानकारी दिँदै भनिन्, ‘धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ ।’
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा विपद्का बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।
प्रकाशित समय : ०६:४६ बजे



















