global ime bank Long Banner Ad

गृहपृष्ठ कर फर्छ्यौट आयोगका पदाधिकारी चुडामणि शर्मालाई ९ वर्ष कैद

कर फर्छ्यौट आयोगका पदाधिकारी चुडामणि शर्मालाई ९ वर्ष कैद

कर फर्छ्यौट आयोगका पदाधिकारी चुडामणि शर्मालाई ९ वर्ष कैद

कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मालाई विशेष अदालतले ९ वर्षको कैद सजायको फैसला सुनाएको छ । शर्मा र अन्य २ जनालाई विशेष अदालतले आयोगको भ्रष्टाचार मुद्दामा अहिलेसम्मकै सर्वाधिक धेरै बिगो, जरिवाना तथा सजाय तोकेको छ ।

मंगलबार न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले आयोगका सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैदको सजाय सुनाएको हो । यसैगरी, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना र सदस्य उमेश ढकाललाई ९ वर्षको सजाय हुने फैसला गरिएको छ ।

यसअघिको सुनुवाइमा तीनै जनालाई दोषी ठहर गरिएपछि जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९४९ रुपैयाँ बिगो र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तोकिएको छ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु