गृहपृष्ठ प्राकृतिक विपद्का समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय : पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद्का समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा सहायतामा नेपाल स्काउटले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएकी छिन् ।
नेपाल स्काउटको ७२औँ स्थापना दिवसका अवसरमा लैनचौरस्थित प्रधान कार्यालयमा आयोजित मूल समारोहलाई आज सम्बोधन गर्दै उनले नेतृत्व विकासका तालिमलाई प्राथमिकता दिने गरी स्काउटले गरेका कामबाट नयाँ पुस्तामा यसप्रति सकारात्मक सोच पलाउने पनि बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले बालबालिका तथा युवाको शारीरिक, मानसिक एवम् बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भाव अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ स्थापित स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र सात सय ५३ वटै स्थानीय तहसम्म सङ्गठनलाई विस्तार गरी स्काउटलाई गाउँ–सहर सबैतिर पु¥याउनु एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले स्काउटरहरुलाई दीर्घसेवा पदकका साथै अन्य पदक पनि प्रदान गरेकी छिन् । सोही अवसरमा स्काउटको विस्तारमा योगदान पु¥याउने स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
प्रकाशित समय : १७:४४ बजे



















