गृहपृष्ठ बझाङमा भएको सवारी दुर्घटनामा कानुनमन्त्री सिंहका पत्नी र भाउजुको मृत्यु, मन्त्री घाइते
बझाङमा भएको सवारी दुर्घटनामा कानुनमन्त्री सिंहका पत्नी र भाउजुको मृत्यु, मन्त्री घाइते
बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ।
मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ ले जनाएको छ ।
गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको छ।
डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए। गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेर दुर्घटना भएको हो।
मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका(१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो।
प्रकाशित समय : १७:३९ बजे



















