काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालले जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य

4.81K
shares

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

आजदेखि सुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।