global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन

वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिलेमा विजुली छैन ।

सिरिजङ्गा गाउँपालिका–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । दुई विद्युत्गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए ।

विद्युतगृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । विद्युतगृह बाढीले बगाएपछि पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए।

याम्फुदीनमा रहेको पाँच कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थातान्तरण गरिएका छन् । काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु