global ime bank Long Banner Ad

गृहपृष्ठ आदिपुरुषको ट्रेलरमा मै छ ‘सिता भारतकी हुन्’ भन्ने शब्द

आदिपुरुषको ट्रेलरमा मै छ ‘सिता भारतकी हुन्’ भन्ने शब्द

आदिपुरुषको ट्रेलरमा मै छ ‘सिता भारतकी हुन्’ भन्ने शब्द

दक्षिण भारतीय चलचित्र आदिपुरुष फिल्ममा मात्र होई त्यसले ट्रेलमा समेत ‘सिता भारतकी हुन्’ भन्ने शब्द राखेको छ । भारतको युटुव च्यानल ‘टि–सिरिज’ले सार्वजनिक गरेको जम्मा २ मिनेट २४ सेकेन्डको ट्रेलरमा समेत ‘सिता भारतकी हुन्’ भनिएको छ ।

ट्रेलरको ५६ सेकेन्डमा पुग्दा ‘सिता भारतकी हुन्’ भन्ने सब्द रहेको छ । ट्रेलरको सिन सितालाई अपहरण गरेर लगिएको छ । प्रभासले युद्धको लागि आफ्ना सिपाईहरुलाई युद्ध लड्नु भन्न अगाडि उनीहरुको मनोबल बढाउछन् । त्यही बेला सिता पनि भारतको हो र भारतकी छोरीलाई कसैलाई अपहरण गर्नु हुन्न भन्ने डाइलग छ ।

‘जब भारतको कुनैपनि छोरीलाई हात हाल्नु भन्दा पहिले दुष्ट सम्झेर छक्क पर्ने छ’ प्रभासले बोलेको डाईलगमा छ । सिता अपहरण परेको र प्रभासले भारतको कुनैपनी चेलीलाई अपहरण गर्नु भन्नु नै सिता भारतको हो भनिएको छ।

अहिले हिन्दी फिल्मीको आदिपुरुषको प्रदशन क्यूएफएक्स, आईएनआई, बिग मुभिज, वान सिनेमाजसहित मल्टिप्लेक्सले प्रदर्शन रोकिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फेसबुक मार्फत ‘सिता भारतकी हुन्’ भन्ने शब्द पुरै फिल्मबाट नहटाएसम्म काठमाडौं महागनरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भनेका छन् । बालेनले त्यो शब्द सुधार गर्न ३ दिनको समय दिएका छन् ।

अहिले सुरक्षा थ्रेड बढेको कारण काठमाडौं उपत्यकाका अधिकांस सिनेमा हालहरुले हिन्दी फिल्मी आदिपुरुषको प्रदर्शन रोकीएको छ । क्यूएफएक्सले यस विषयमा सरकारी निकायको

स्पष्टीकरणको पर्खाइमा रहेको भन्दै अर्को सूचना नआएसम्म ‘आदिपुरुष’ प्रदर्शन नगर्ने भनेको छ ।
बिहिबार नेपाली सेन्सर बोर्डले आदिपुरुषमा ‘सिता भारतकी हुन्’ भन्ने शब्द भएको कारण प्रदर्शन अनुमति दिएको थिएन । तर, सोही दिन बेलुका ८ बजे भने ‘सिता भारतकी हुन्’ भन्ने शब्द हटाएपछी बोर्डले प्रदर्शनको अनुमति दिएको थियो ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु