global ime bank Long Banner Ad

गृहपृष्ठ असार १० गतेबाट आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर

असार १० गतेबाट आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर

असार १० गतेबाट आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीो विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरेको थियो । जारी पूँजी  २२ करोडको १० प्रतिशत अर्थात  २ करोड २० लाख बराबरको प्रतिशेयर रू १०० दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरेको छ । त्यस्तै र दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ ३० गते बाँडफाँट गरेको थियो ।

कम्पनीले बाँकी कित्ता आईपीओमध्ये पनि ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको बताएको छ । यी वाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सर्वसाधारणमा आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरको प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु