गृहपृष्ठ एकैदिन ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
एकैदिन ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
असारको सुरुवातको दिन नै सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो । चाँदीको पनि यस दिन प्रतितोला २० रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा पुगेको छ ।
जेठको अन्तिम दिन भने सुनको भाउमा गिरावट आएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले नै घट्दा प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको भाउ पनि शुक्रबार उकालो लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार भने चाँदी सस्तिएको थियो । हिजो चाँदी प्रतितोला २० रूपैयाँले बढ्दा एक हजार ४०५ रूपैयाँमा झरेको थियो ।
प्रकाशित समय : १२:४२ बजे



















