nmb bank

गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरुको सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरुको सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरुको सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सांसदहरुले सवाल–जवाफ गर्ने कार्यसूची तयार पारिएको छ । संसदीय सुनुवाइको क्रममा आज कार्की र सांसदबीच सवाल जवाफ हुने भएको हो ।

बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका कार्कीलाई आज संसदका सदस्यहरुले प्रश्न सोध्ने र उनले उत्तर दिने छन् । सवाल जवाफका लागि समितिको बैठक आज बिहान ८ बजे बस्ने छ ।

संसदीय समितिले नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

प्रकाशित समय : ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु