गृहपृष्ठ ऋण लिनेले तिर्दिनँ भन्न पाउँदैन : गभर्नर
ऋण लिनेले तिर्दिनँ भन्न पाउँदैन : गभर्नर
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ। १० गतेसम्म सरोकारवालासँग सुझाव मागेको छौँ। सबै क्षेत्रले आफ्नो तर्फबाट सुझाव दिनुहुन्छ भन्ने अपेक्षा पनि गरेको छौँ। बजेट पनि आइसकेको छ। साथै, पछिल्लो १० महिनाको आर्थिक स्थिति सार्वजनिक भइसकेको छ। अब हामी कस्तो स्ट्रक्चरमा जानुपर्छ भनेर त्यसले पनि केही मार्गनिर्देशन दिएको छ।
आगामी वर्षमा बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशत मुद्रास्फितिको लक्ष्य राखेको छ। अहिले विश्व नै यस्तो अवस्थाबाट गुज्रिरहेको छ। २०२४ मा मात्र प्रशस्त सुधार हुने प्रक्षेपण गरिएको छ। त्यसको प्रतिबिम्ब हाम्रो अर्थतन्त्रमा पनि पाउन सकिनेछ। त्यसभित्र रहेर हामीले पनि गृहकार्य गरिरहेका छौँ।
पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका देखिएका समस्या र आएको सुझाव अध्ययन गरी प्रतिवेदन तयार गरिरहेका छौँ। भोलिको लागि लघुवित्तलाई राष्ट्र बैंकले कस्तो नीति लिने, कुन बाटोमा अघि लैजाने, त्यो प्रतिवेदनले देखाउनेछ। लघुवित्तलाई हामी यत्तिकै छोड्दैनौ। सडकमा हल्लाखल्ला गर्दैमा लघुवित्तले पुर्याएको योगदान बिर्सन्न सकिन्न। केही संस्थाले विकृति गरेका छन् भने ती कारबाहीमा पर्छन्। सिस्टम नै बिगार्ने हुँदैन। लघुवित्तले समाजमा धेरै योगदान पुर्याएका छन्। लघुवित्तलाई राष्ट्र बैंकले नियमन गरेर ठाउँमा ल्याउँछ। ऋण लिएर कोही पीडित हुँदैन। ऋण लिनेले ऋण तिर्नुपर्छ। तिर्दिनँ भन्न पाउँदैन।
(नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीति छलफल कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)
प्रकाशित समय : ०६:५१ बजे



















