global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारले बुधबार गरेको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन बाटो खुलेको छ ।

संविधान र कानुनअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ प्रदेश सांसदमध्ये कम्तीमा एक जना प्रदेश सांसद आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री कार्कीले जोडबल गरिरहेका छन् ।

प्रकाशित समय : ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु