global ime bank Long Banner Ad

गृहपृष्ठ एकदिन ढिला भित्रियो मनसुन

एकदिन ढिला भित्रियो मनसुन

एकदिन ढिला भित्रियो मनसुन

नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ ।

बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ ।

मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि ढिला केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको ‘बिपरजय चक्रावत’को आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु