global ime bank Long Banner Ad

गृहपृष्ठ स्तन क्यान्सर हुँदा स्तन नै फाल्नुुपर्छ ?

स्तन क्यान्सर हुँदा स्तन नै फाल्नुुपर्छ ?

स्तन क्यान्सर हुँदा स्तन नै फाल्नुुपर्छ ?

क्यान्सर भन्ने बित्तिकै सबैमा एक प्रकारको डर हुन्छ । प्राय गाउँघर तिर त क्यान्सर लाग्यो अब के हुन्छ ? क्यान्सर लाग्यो कि मृत्यु नै हुन्छ कि ? भन्छ भन्ने धेरैमा एक प्रकारको भ्रम पनि छ । जसले गर्दा क्यान्सर भन्ने बित्तिकै धेरैलाइ अन्योल रहेको छ । स्तन क्यान्सर जसको बिषयमा अझै पनि धेरैले खुलेर कुरा गर्न लाज मान्ने धेरै महिलाहरु रोग पोलिरहेका हुन्छन् ।

नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिन्छ । अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ । स्तन क्यान्सर लागेमा स्तन नै फाल्नुपर्छ कि भन्ंने कतिपयलाई डर या अन्योल पनि रहेको छ ।
स्तन क्यान्सर कस्तो प्रकारको रोग हो ?

स्तन क्यान्सर हुदैमा स्तन नै फाल्नुपर्छ ? लगायतका बिषयमा आधारित रहेर हरिसिद्दी अस्पतालका क्यान्सर रोग बिशेषज्ञ डा. बिजेश घिमिरेसँग न्युज कारोबारकर्मी भुमिका विष्टले गरेको कुराकानीको सम्पादित अंश :

स्तन क्यान्सर कस्तो रोग हो ?

स्तन क्यान्सर एक रोग हो जसमा स्तनका कोशिकाहरू नियन्त्रणरूपमा बृद्वि हुन्छन् । क्यान्सर स्तनका विभिन्न भागहरूमा सुरु हुन सक्छ । स्तन तीन मुख्य भागहरू मिलेर बनेको हुन्छस् लोब्युल, नलिका र जोड्ने तन्तु। लोब्युलहरू दूध उत्पादन गर्ने ग्रंथिहरू हुन । नलिकाहरू नलीहरू हुन् जसले दूधलाई निप्पलमा लैजान्छ । संयोजी तन्तु जसमा रेशेदार र फ्याटी तन्तुहरू हुन्छन् । वरिपरि र सबै कुरालाईसँगै राख्छ । अधिकांश स्तन क्यान्सर नलिका वा लोब्युलबाट सुरु हुन्छ । स्तन क्यान्सर स्तन बाहिर रक्तनली र लिम्फ नलीहरु मार्फत फैलन सक्छ ।

स्तन क्यान्सरका प्रकारहरु ?

स्तन क्यान्सर का प्रकारहरु सामान्य प्रकारका स्तन क्यान्सरहरू छन्, जस्तै पेजेट रोग, मेड्युलरी, म्युसिनस, र इन्फ्लेमेटरी स्तन क्यान्सर । यसका लक्षणहरु मा सबै भन्दा धेरै देखिने लक्षणमा स्तनमा गाठो देखिनु, निप्पलबाट रगत आउँनु आखी मुनी दुख्नु जंस्ता लक्षणहरु सबै क्यान्सरमा ४ वटा चरणहरु हुन्छ तेस्रो र चौथो चरणको स्तन क्यान्सरमा स्तन फाल्नुपर्ने हुन सक्छ तर पहिलो र दोस्रो चरणमा भने उपचार औषधी उपचार द्धारा उपचार गरेर निको पार्न सिकन्छ ।

स्तन क्यान्सर हुदैमा स्तन नै फाल्नुपर्ने अवस्था आउँछ रु ब्रेस्ट क्यान्सर हुदैमा ब्रेस्ट नै फाल्नुपर्ने अवस्था आउँदैन । अहिले ७५ प्रतिश्त क्इान्सरमा सुरुको अवस्था मै क्यान्सर पत्ता लागेमा खासै खतरा हुदैन । स्तन शरीरको बाहिरी भागमा रहेकोले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ । तर, कुनै किसिमका कोषहरु अनावश्यक रुपमा बढ्दै गर्याे भने यी नयाँ कोषको समुहलाई स्तन ट्यूमर अथवा गाँठो भनिन्छ । स्तनमा हुने सबै गाँठाहरु क्यान्सर हुँदैनन् । लगभग १० प्रतिशत गाँठाहरु मात्र क्यान्सर हुन्छन् । तर स्तनमा कुनै किसिमका गाँठाहरु भेटियो भने चिकित्सकसँग परामर्श गरी यसको निवारण गर्नु उचित हुन्छ ।

उपचार कसरी हुन्छ ?

स्तनको जाँच गर्न म्यामोग्राफी ,स्तनको अल्ट्रासाउन्ड गर्ने, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थिको बायोप्सी आदि परीक्षणहरू गरिन्छ । म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गरिन्छ ।

क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापीद्वारा यसको उपचार गरिन्छ । क्यान्सर तन्तुहरू नष्ट गर्न विकिरण थेरापी प्रयोग गरिन्छ । क्यान्सर उत्पादनमा सहयोगी हार्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ ।

यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसनद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ । बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सकिन्छ ।

स्तन क्यान्सरबाट बच्न के गर्ने ?

२० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको जाँच आफैंले नियमित रुपमा गनुपर्छ । महिनावारी भएको सातौं दिनमा आफ्नो स्तनको जाँच आफैंले गर्ने स्तनमा कुनै किसिमको असामान्य कुरा फेला पर्ने ्बत्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गनुपर्छ ।

हरियो सागपात, फलफुलको प्रसस्त मात्रामा सेवन गर्ने तथा नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ । यदि, सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ ।

उपचार खर्च पनि जोगिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचेक्र्याइले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ’उनले भने ।

शाणुगत कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ । सकभर यसबाट बच्न, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ ।

२० वर्षसम्मको उमेरमा परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्नुपर्दछ । २०–३९ वर्षको उमेरमा प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउनुपर्छ । ४०–४९ वर्षको उमेरमा प्रत्येक एक–दुई वर्षको अन्तरालमा म्यामोग्राफ गनुपर्र्छ । ५० वर्ष र तत्पश्चात्  प्रत्येक वर्ष म्यामोग्राफ गर्नुपर्छ ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु