गृहपृष्ठ टोखा नगरपालिकामा ७ दिने जीवन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
टोखा नगरपालिकामा ७ दिने जीवन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
शनिबार टोखा नगरपालिका वडा नं. ४ मा पोषण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
मुनलाइट इनटरनेशनल मिडिया प्रा.लिले टोखा नगरपालिकाको आर्थिक सहयोगमा ७ दिने जीवन व्यवस्थापन तालिम दिइएको थियो ।
किर्तिपुर अस्पतालकी पोषण विद् मिरा शाहले उत्त कार्यक्रममा पोषण सम्बन्धि तालिम दिएकी थिईन् । उच्च रक्तचाप, मधुमेह, थाइरोइड, रजनोबृती महिनावारी सुकेका, कम तथा अधिक तौल मोटोपना अस्टिओअर्थराइटिस, भिटामिन बि, भिटामिन डि आदिको समस्या भएको ब्यक्तिहरु र विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिक, गृहिणी, उद्धमीहरुको कार्यक्रमा सहभागीता जनाएका थिए ।
उक्ति तालिममा एकपटक रोग लागेमा जिवनभरी औषधी को सेवन गर्नैपर्छ भन्ने , जनबिश्वास रहेको मिरा शाह ले बताइन् ,’ एकपटक रोग लागेमा जिवनभरी औषधीको सेवन गर्नैपर्छ धेरैजनाको जनबिश्वास रहेको थियो । के गर्ने चिकित्सकसंग देखाउन डर लाग्छ ,
किनभने वहाहरुले रोग निकालिदिनु हुन्छ । अनि औषधी खान कर लाग्छ भन्ने एउटा भ्रम पालेका रहेछन्। अझै पनि मानिसहरू चिकित्सक सङ चेकअप गराउन समेत गा¥हो मन्दारहेछ । अझै खानेकुराहरु प्रति पनि भ्रम हरेको छ, उनले भनिन् । ’
सुख, शान्ति , समृद्धिका लागि ७ दिने जीवन ब्य्बस्थापन तालिम आयोजना गरिएको नगरपालिकाको मेयर प्रकाश अधिकारीले जानकारी दिए । यस कार्याक्रम अन्तर्गत लक्ष्य निर्धारण , तनाव व्यव्यवस्थापन , सन्तुलित आहार, स्वस्थ्यकर खानपान ,पारिवारिक शक्ति तथा सकारात्मक सोचको बिकस कार्याक्रमा संचालन गरिएको उनले बताए ।
प्रकाशित समय : १५:४३ बजे


















