global ime bank Long Banner Ad

गृहपृष्ठ भारी अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?

भारी अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?

भारी अंकले बढ्यो शेयर बजार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?

साताको पहिलो कारोबारको दिन शेयर बजारमा उत्साशपूर्ण सुधार भएको छ । आइतबार नेप्से परिसुचक ४० दशमलव ४८ अंकले वृद्धि भएको छ । आज नेप्से परिसुचक २ प्रतिशतले बढेर १९८० विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १० अंकले सुधार भएको छ । आज दिनभर भएका ६१ हजार ४ सय ५० कारोबारबाट २ सय ७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनरमा भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ पुगेको छ ।

सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ ।

यसैगरी सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १२२ रुपैयाँ कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर भने ८.७० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु