nmb bank

गृहपृष्ठ रिलायन्स फाइनान्सले ६ प्रतिशत लाभांश वितरण गर्ने

रिलायन्स फाइनान्सले ६ प्रतिशत लाभांश वितरण गर्ने

रिलायन्स फाइनान्सले ६ प्रतिशत लाभांश वितरण गर्ने

रिलायन्स फाइनान्स लिमिटेडले लाभांश तिरण गर्ने निणर्य गरेको छ । आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर घटेको छ ।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु