nmb bank

गृहपृष्ठ नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।

यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् ।

भारत फाइनलमा पुगेको अवस्थामा फाइनल खेल पनि श्रीलंकामै हुनेछ । क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार सोमबार यसबारे घोषणा हुनेछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।

भारत–पाकिस्तान मतभेदका कारण प्रतियोगिताको आयोजनामै सन्देह भइरहेको समयमा यो महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु