गृहपृष्ठ जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छ : गगन थापा
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छ : गगन थापा
sf7df8f}F, @# h]7 M
k|ltlglw;ef a}7s
;+3Lo ;+;b ejg gofF afg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf wf/0ff /fVb} ;f+;b uug yfkf . tl:a/M rG›snf If]qL÷/f;;
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन् ।
कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भन्दै उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त भनेर प्रश्न गरे । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका उनले सरकारसँग माग गरेका छन् ।
प्रकाशित समय : १४:५० बजे



















