global ime bank Long Banner Ad

गृहपृष्ठ आईएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता २३६ रुपैयाँ

आईएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता २३६ रुपैयाँ

आईएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता २३६ रुपैयाँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो पटक प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । यो कम्पनी प्रिमियममा आईपीओ जारी गर्ने नेपालकै पहिलो बीमा कम्पनी हो ।

नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागी स्वीकृती भएको उल्लेख गरिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यसै गरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु