global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीले कोशीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माओवादीले कोशीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय

माओवादीले कोशीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने निर्णय

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा एमालेलाई दिएको दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्रले निर्णय गरेका्े छ ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेशसभालाई जानकारी गराउने र सबै मन्त्रीहरुको राजिनामा सरकारलाई बुझाउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु