गृहपृष्ठ पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा
पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा
गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुग्नुभएको छ । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएको हो ।
श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएको थियो । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक(३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेको थियो । श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गर्नुभएको थियो । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।
प्रकाशित समय : १६:३२ बजे



















