global ime bank Long Banner Ad

गृहपृष्ठ चुलिँदो आर्थिक मन्दी चुलोसम्म पुग्दै, आयातमा निर्भर हुँदा संकट

चुलिँदो आर्थिक मन्दी चुलोसम्म पुग्दै, आयातमा निर्भर हुँदा संकट

चुलिँदो आर्थिक मन्दी चुलोसम्म पुग्दै, आयातमा निर्भर हुँदा संकट

नेपालमा पछिल्लो समय आर्थिक मन्दी चरम रुपमा बढ्दै गएको छ । राज्यले यतिबेला राजस्व संकुचनको मार खेप्नु परेको छ । जसका कारण नेपालको अवस्था भने फरक छ । स्थानीय र प्रदेश तहमा जानु पर्ने पैसा निकाशी गर्न संघीय सरकार असक्षम भएको छ ।

सेना, प्रहरीदेखि सबैजसो सरकारी कर्मचारीको तलबभत्ता रोकिएको छ । भइरहेको विकास निर्माणको रकम भुक्तानीको अभावले बीचमै रोकिएको छ । यो सबै आर्थिक मन्दीको प्रभाव भएको सरकारी कर्मचारीहरु सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

नेपालको अर्थतन्त्र मन्दीबाट बच्न सक्ने संभावना कम हुँदै गएका बेला निजी क्षेत्र, स्वतन्त्र अर्थशास्त्री र कतिपय राजनीतिक दलका नेताले पनि अर्थतन्त्रको संरचनागत परिवर्तनको मुद्दा उठाइरहेका छन् ।

आर्थिक मन्दीबाबजुद सरकारले साढे १७ खर्बको बजेट ल्याएको छ । यो बजेटले रोजगारी, शिक्षा, श्रम, उद्योग, कलकारखाना, कृषिमा उत्पादन, आयातित बस्तु घटाउने र निर्यात बढाउन बजेट नआएको आर्थिक विज्ञहरुको आरोप छ ।

बजेटले विलासिताका धेरै कार्यक्रम कटौती गरेपनि कतिपय कार्यक्रमलाई निरन्तरता दिएको छ । जसका कारण आर्थिकमन्दीमा बजेट बचाउन मुश्किल हुने आर्थिक जानकारहरु बताउँछन् ।
आर्थिक मन्दीका कारण आयातित वस्तुको उच्च भुक्तानी, सुस्ताएको निर्यात ब्यापार र रेमिटयान्स आप्रवाहमा देखिएको कमीका कारण बंगलादेश अहिले थप समस्याको सामना गरिरहेको छ ।

भारतसँग तीन तिरको खुला सीमा र स्थिर विनिमय दरको लाभ नेपाली अर्थतन्त्रले उठाउन सक्ने संभावना भने कायम रहेको छ । छिमेकी भारतले वर्तमान अवस्थालाई ध्यानमा राखी २ हजार दरका कागजी नोट चलनचल्तिबाट फिर्ता लिने निर्णय गरेको छ ।

नेपालमा पनि आर्थिक मन्दीका कारण कम्पनीहरु टाट पल्टिएर बन्द हुने क्रम रोकिएको छैन । काठमाडौंको न्यूरोडदेखि साना बजारसम्म सटर खाली देखिन थालेका छन् ।

नेपालमा एकातिर उत्पादन र उत्पादकत्व घट्दो छ भने, अर्कोतिर प्रशस्त आयात गर्नुपरेकाले वैदेशिक मुद्राको सञ्चिती घट्दो छ । जसका कारण आर्थिक मन्दीमा प्रभाव पर्ने प्रष्ट छ ।

नेपालको ९० प्रतिशत व्यापार भारतमा निर्भर छ । ८० प्रतिशत आयात भारतबाटै हुनेगरेको भन्सार विभागको तथ्यांकमा छ । तरकारी, फलफूल, तेल, चामल र धान समेत भारतबाट निर्यात हुने गरेको छ ।

धानमात्र भारत र अन्य मुलुकबाट वार्षिक ६ लाख टन आयात हुँदै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको आ.व. २०७९/८० को तथ्याङ्कअनुसार विदेशसँगको वस्तु कारोबारमा अघिल्लो वर्षभन्दा घाटा रकम २३ प्रतिशतले बढेको छ । वैदेशिक व्यापारमा १७ खर्ब २० अर्ब घाटा बेहोरेको छ ।
यसको अर्थ देशमा तरलताको अभाव बढ्दो छ । यो अवस्थामा आर्थिक मन्दीको चेपटामा थपिने क्रम बढ्ने अवस्थामा देखिन्छ ।
नेपालको पछिल्लो तथ्यांक हेर्ने हो भने, उत्पादन र उत्पादकत्व न्यून छ । गाउँघरमा खाली रहेको जग्गालाई उत्पादन र प्रयोगमा ल्याउन सरकारले चासो दिएको छैन । कृषकलाई समेत प्रोत्साहन गर्न सकिएको छैन । भने, कृषि मलको मूल्य आकाशिएको छ । त्यो पनि भने जति उपलब्ध छैन ।

गाईभैँसीलगायतको पशुपालन ग्रामीण अर्थतन्त्रको मूल आधार हो । भने, गाँउघरमा आफ्नो उत्पादनले जीविको पार्जन गर्ने अवस्था समेत छैन । जसका कारण गाँउघरका मानिसपनि अहिले तरकारी, चामल र अन्य कृषिका सामाग्री आयातमै निर्भर हुन् थालेका छन् ।

दूध घ्यु र मासुको बजार घट्दै गएपछि किसान गाईभैँसी, बाख्रा बेच्न मात्र खोज्छन् तर खरिद गर्नेहरू पनि उत्साहित छैनन् । गाउँघरमा पनि मन्दीले ठूलो प्रभाव पारेको छ । अहिले हरेक नागरिकको चुलोसम्म आर्थिक मन्त्रीको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

कृषिबाट तीव्र पलायन भएको जनशक्तिलाई औद्योगिक र सेवा क्षेत्रले रोजगारी सिर्जना गर्न नसकेपछि वैदेशिक रोजगारीमा जान बाध्य छन् । त्यसै ५० लाख नेपाली बाहिर पुगेका छन् । तीमध्ये ७० प्रतिशत ग्रामीण भेगका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा विदेशबाट भित्रिने रेमिट्यान्स २५ प्रतिशतले बढेको जनाएको छ ।
नेपालमा विदेशबाट ८ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । रेमिट्यान्सको आप्रवाह बढेसँगै १०.९ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

साथै, सन् २०२३ मा पर्यटन व्यवसायले समेत लय समात्ने जमर्को गरेको छ । यो साल सुरु भएसँगै साढे ४ लाख पर्यटक भित्रिएका छन् । यो पनि आर्थिक मन्त्री सहजीकरण सहयोग पुग्ने एउटा पाटो भएको अर्थविज्ञहरुको भनाइ छ ।

दक्षिण एसियामा बढ्दो आर्थिक तरलता

दक्षिण एसियामै हेर्ने हो भने पनि भारतबाहेकका देशको हालत खराब छ । श्रीलंका र पाकिस्तान जस्तै बंगलादेश पनि अहिले विदेशी विनिमय अभावको चपेटामा छ । बंगलादेशको स्थानीय मुद्रा हालैमात्र कीर्तिमानी स्तरमा सस्तिएको छ ।

युक्रेन युद्धका कारण इन्धन संकट हुँदा यरोपकै सबैभन्दा शक्तिशाली अर्थतन्त्र भएको जर्मनी मन्दीतर्फ लम्किएको हो । जर्मन तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणमा जर्मनी सन् २०२३ को पहिलो त्रैमासमा अर्थतन्त्र ०.३ प्रतिशतले घटेको उल्लेख छ ।

अमेरिका, चीन र जापानपछि जर्मनीको अर्थतन्त्र ठूलो हो । यो विश्वमा ठूलो अर्थतन्त्रको चौथो नम्बरमा पर्छ । गत महिना पनि अमेरिकामा बाथ एण्ड बियोण्डदेखि भाइस मिडियाले विभिन्न कम्पनीहरु टाट पल्टिएका समाचार प्रकाशन गरेका थिए । अमेरिकाको अर्थतन्त्र टाट पल्टियो भने यसले अमेरिका मात्र होइन विश्वका धेरै देशका अर्थतन्त्रलाई मन्दीमा लैजाने छ ।

आगामी जुन १ सम्म अमेरिकी संसदले कर्जाको सीमा बढाउने निर्णय नगरेमा विश्वकै १ नम्बर अर्थतन्त्र टाट पल्टिनेछ । अमेरिकामा संसदीय राजनीतिमा देखिएको खिचातानीले एक साताभित्रै अर्थतन्त्र ‘डिफल्टर’ घोषित हुने देखिएको छ ।
अमेरिकाले ठूला ३ बैंकहरु डुब्नेको खराब अनुभव गरिसकेको छ । अमेरिकाले सार्वजनिक ऋण तिर्न नसक्ने गरी अर्थतन्त्र टाट पल्टिनुलाई ‘डिफल्टर’ छ ।

अन्र्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२० मा जीडीपीमा ठूलो गिरावट हुने प्रक्षेपण गरेको थियो । कोषले अमेरिकाको अर्थतन्त्रमा ५.९ प्रतिशत र यूकेको ६.५ प्रतिशत ह्रास आउने प्रक्षेपण गरेको थियो र अहिले त्यही नै भईरहेको छ ।

आइएमएफले यस वर्ष समग्र विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । जुन् सन् १९३० पछिको सबैभन्दा नराम्रो मन्दी भएको औल्याइएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व अर्थतन्त्र नै मन्दीतर्फ धकेलिएको थियो । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आर्थिक गतिविधिहरु एक वर्षभन्दा बढी ठप्प भएसँगै अर्थतन्त्रमा नराम्रो प्रभाव परेको औल्याएको छ ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु