गृहपृष्ठ प्रधानमन्त्रीले पुर्वराष्ट्रपति भण्डारीले दुई –दुई पटक संविधान मिचेको भनेपछि विवाद जारी
प्रधानमन्त्रीले पुर्वराष्ट्रपति भण्डारीले दुई –दुई पटक संविधान मिचेको भनेपछि विवाद जारी
नागरिकता विधेयकलाई लिएर संसद् बैठकमा विवाद चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्दा संविधान मिच्ने अवस्था आएको बताएपछि ससंदहरुबीच विवाद जारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई –दुई पटक संविधान मिचेको कुरालाई ट्रयाकमा राख्न संविधान मिच्नु परेको तर्क प्रधानमन्त्रीले सासंदमा राखेका थिए ।
‘संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले त्यसबेला होल्ड गर्दा संविधान मिचिएको थियो । नागरिकतासम्बन्धी विधेयक दुई दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ गएको हो। राष्ट्रपतिले प्रमाणीकरण नगरी तत्कालीन राष्ट्रपतिले होल्डमा राखिदिनु भयो ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुई पटक संविधान मिचेको र एक पटक संसद्बाट पास भएको विधेयकलाई नोटसहित राष्ट्रपतिले फिर्ता गर्ने अधिकार रहेको बताएपछि एमाले सासंदले बंठकमै हंगामा गरेका थिए ।
प्रकाशित समय : १५:०६ बजे


















