गृहपृष्ठ रास्वपाका सांसदले ‘प्रधानमन्त्री भैँसी चडेर आएको’ भनेपछि संसदमा हंगामा
रास्वपाका सांसदले ‘प्रधानमन्त्री भैँसी चडेर आएको’ भनेपछि संसदमा हंगामा
आज संसद बैठक चलिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई भैँसी चडेर नेपाल फर्कीएको भनेपछि संसद भित्र हँगामा भएको छ ।
सत्ता पक्षका सांसदहरुले खनालले बोलेको शब्द संसदीय मर्यादा भित्र नपर्ने भन्दै त्यो संसदको रेकर्डबाट हटाउने माग राखेका छन् ।
‘मलाई लागेको थियो भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री न्यु भर्खरै उद्घाटन गर्नु भएको गौतमबुद्ध विमानस्थलबाट आउनु हुन्छ,’ खनालले संसदमा भनेको थिए, ‘तर, प्रधानमन्त्री भैँसी चडेर आएको चर्चा चलिरहेको छ ।’
खनालको कुरा सक्न नपाई संसदमा हँगामा मचिएको थियो । सत्ता पक्षका सांसदले त्यसलाई हटाउन पर्छ भन्ने थियो भने रास्वपा सहित एमालेले पनि खनालको बचाउमा लागेका थिए ।
रास्वपाका सभापति रवी लामिछानेले भने उक्त बोलेको शब्द हटाउने भए प्रधानमन्त्रीले बोलेको ‘भैँसी चडेर आएको’शब्द भएपनि हटाउनु पर्ने माग राखेका थिए ।
प्रकाशित समय : १३:२७ बजे



















