गृहपृष्ठ प्रधानमन्त्रीले भैसी चडेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाईयो
प्रधानमन्त्रीले भैसी चडेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाईयो
प्रधानमन्त्रीले भैसी चडेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाईएको छ । आज संसद बैठक चलिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आउँदा ‘भैसी चडेर नेपाल फर्किएको भनेपछि संसद भित्र हँगामा भएको थियो ।
उक्त शब्द संसदको रेकर्डबाट हटाईने सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराएका छन् । सत्ता पक्षका सांसदले उक्त शब्द हटाउनु पर्ने माग राखेका थिए । भने एमाले सहितका प्रतिपक्षले खनालको बचाउमा बोलेका थिए ।
‘मलाई लागेको थियो भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री ज्यु भर्खरै उद्घाटन गर्नु भएको गौतमबुद्ध विमानस्थलबाट आउनु हुन्छ,’ खनालले संसदमा भनेको थिए, ‘तर, प्रधानमन्त्री भैँसी चडेर आएको चर्चा चलिरहेको छ ।’
प्रकाशित समय : १३:३९ बजे



















