nmb bank

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डले सबै विवादित विषय सदनमा क्यिलर गराउने सभामुखलाई जानकारी

प्रधानमन्त्री प्रचण्डले सबै विवादित विषय सदनमा क्यिलर गराउने सभामुखलाई जानकारी

प्रधानमन्त्री प्रचण्डले सबै विवादित विषय सदनमा क्यिलर गराउने सभामुखलाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेृ प्रतिनिधिसभाको अवरोध हटाउने सभामुख देवराज घिमिरेसँग टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवादमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहेकको प्रधानमन्त्रीलाई सभामुखले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ । अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ भनेर यो विषयमा चासो. दिएको उनको भनाइ छ ।

जवाफमा प्रधानमान्त्रीले प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रस्टिकरण दिने जानकारी गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गरेर चाँडै अहिले भइरहेको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका हुन् । सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु