global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा. डा. राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्टका छन् ।

त्यसैगरी, उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु