गृहपृष्ठ एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलका सांसदहरुले संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा पनि अवरोध गरेका छन् । संसद्लाई छलेर मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा अवरोध गरेका हुन् ।
एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन्। राष्ट्रियसभामा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले नागरिकता विधेयकलाई गलत बाटोबाट प्रमाणीकरण गरेको भन्दै आपत्ति प्रकट गरे।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिक्रमित भूमि कालापानी साट्ने गरी दिएको अभिव्यक्तिको पनि विरोध गरेको छ।
प्रकाशित समय : १४:०५ बजे



















