गृहपृष्ठ प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नारावाजी
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नारावाजी
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका रहेका बेला कालापानीको सटट गर्न मिल्ने अभिव्यक्ति दिएको विषयमा संसद बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरुले अवरोध गरेका छन् ।
संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका छन् । आइतवार बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका हुन् । सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।
विधेयक राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने दिन नै प्रमाणीकरण गरिदिएका थिए । भने, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानीसहितसँग पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिएको विषयमा तीन दलले ससंद अवरोध गरेका हुन् ।
तीनै दल मन्त्रिपरिषद्को आग्रहमा संसद्लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै प्रतिपक्षी दलहरु आन्दोलित भएका हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमै चेतावनी दिए ।
यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरिदिएका थिए ।
प्रकाशित समय : १४:०१ बजे
















