गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीको आदेश ३१ जेठमा
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीको आदेश ३१ जेठमा
जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठमा मात्र आदेश गर्न जनाएको छ ।
टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।
उनीहरुको मुद्दाको न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन निर्देशन गरेका छन् ।
अहिले सरकारी वकिलहरुले आरोपको पक्षमा बहस शुरु गरेका छन् । शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो ।
प्रकाशित समय : १३:४५ बजे



















