गृहपृष्ठ महानगरवासीलाई रोग लाग्न नै नदिनु हाम्रो पहिलो प्राथमिकता हो : सुनिता डंगोल

महानगरवासीलाई रोग लाग्न नै नदिनु हाम्रो पहिलो प्राथमिकता हो : सुनिता डंगोल

महानगरवासीलाई रोग लाग्न नै नदिनु हाम्रो पहिलो प्राथमिकता हो : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको काठमाण्डौ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलको भनाई छ । आज काठमाडौंमा नेपाल मधुमेही समाज र महानगरका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायबारे महानगरले काम गरिरहेको बताइन् ।

देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको उनले बताइन् । धेरैजना जनप्रतिनिधिहरू प्रेसर र मधुमेहको रोगी रहेको भन्दै कार्यक्रमले धेरै सहयोग पुग्ने उनको भनाइ छ ।‘धेरैजना प्रतिनिधिहरू प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना औषधि खानुहुन्छ, उनले भनिन्, स्वास्थ्य रहे हामी सबै छौँ, नरहे केही पनि छैन ।

उनले भनिन् ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुँनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ ।

रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’ अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् ।अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु