गृहपृष्ठ प्रधानमन्त्री दाहालले गरे इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

प्रधानमन्त्री दाहालले गरे इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

प्रधानमन्त्री दाहालले गरे इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल मध्य प्रदेशमा रहेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा औपचारिक कार्यक्रमहरू सकेर शुक्रबार मध्य प्रदेश पुगेका हुन् ।

मध्य प्रदेशमा आज प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरूले इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु