गृहपृष्ठ नेपाल टेलिकमको नयाँ अफर, ६३६ मा एक महिनालाई अनलिमिटेड भ्वाइस एन्ड डाटा
नेपाल टेलिकमको नयाँ अफर, ६३६ मा एक महिनालाई अनलिमिटेड भ्वाइस एन्ड डाटा
नेपाल टेलिकमले सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६ प्याकेजलाई अझै सुविधायुक्त बनाएको छ ।
टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत ६ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने सुविधा पाउने भएका छन् ।
भने, अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।
कम्पनीको नेपाल टेलिकमु एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
साथै, पहिले प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ ।
पहिले त्यो ३ सय एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने छन् ।
प्रकाशित समय : १४:४५ बजे


















