गृहपृष्ठ जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउनेः वीरेन्द्रप्रसाद महतो

जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउनेः वीरेन्द्रप्रसाद महतो

जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउनेः वीरेन्द्रप्रसाद महतो

जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्रतिवद्धता व्यक्त गरेका छन् ।आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भुमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ ।’ उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए। उनले नेपालमा कुहिएर जाने काठहरुको कानून अनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

‘दोस्रो २०औं वर्षदेखि जुन काठहरु कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानून अनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौँ भने वा स्वदेशमा नै खपत गर्नसक्यौँ भने सहजीकरण गरेर कुह्न नदिएर बचाउने हो।’ उनले भने ।उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु