nmb bank

गृहपृष्ठ शरणार्थी प्रकरणः कानुनको लामो हातबाट कोही भाग्न सक्दैनन्ः स्वर्णिम वाग्ले

शरणार्थी प्रकरणः कानुनको लामो हातबाट कोही भाग्न सक्दैनन्ः स्वर्णिम वाग्ले

शरणार्थी प्रकरणः कानुनको लामो हातबाट कोही भाग्न सक्दैनन्ः स्वर्णिम वाग्ले

नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बताएका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।

उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ साथै उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताएका छन् ।

उनले भने–‘ठुलो मात्रामा अन्नबाली पनि नष्ट भएको छ । यस्तो बेलामा कृषि र पशुबिमाको महत्त्व झल्कन्छ । यद्यपि बिमामा दिइने सरकारी अनुदान ह्वात्तै घटेको विरोधमा नेपाल विमक सङ्घले विगत ३ दिनदेखि सेवा ठप्प पारेको छ, सरकारको ध्यान जाओस ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु