गृहपृष्ठ बलात्कार आरोपमा एकजना पक्राउ
बलात्कार आरोपमा एकजना पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १४:३६ बजे


















