गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश गरेनः गोकर्ण विष्ट
सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश गरेनः गोकर्ण विष्ट
सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश नगरेको नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विगतमा सरकारले कार्यक्रमलाई पनि नसमेटिएको बताएका छन् ।
सांसद विष्टले भने– ‘आवधिक योजनाको यो अन्तिम वर्ष हो । १५ औँ योजनाको योजना हो । १५ औँ योजनाको दीर्घकालीन सोच, लक्ष, राष्ट्रिय रणनीति रूपान्तरणको प्रमुख संवाहक, दीर्घकालीन लक्ष्यका परिणामहरूसँग यसको कुनै सङ्गति र साइनो देखिँदैन ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वमा दिगो विकासको लक्ष्य उल्लेख गरेको छ । सहभागिता, समावेशी र अधिकारमुखी विकासको प्रक्रिया मार्फत गरिबी र भोकमरीको अन्त्य गर्ने शिक्षा र रोजगारीमा सबैको पहुँच पुर्याउने केही महत्त्वपूर्ण कुराहरूलाई सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेको छ ।’
प्रकाशित समय : १४:५१ बजे


















