गृहपृष्ठ विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक तालिकाअनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले २० जुनमा अमेरिकासँग, २२ जुनमा वेस्ट इन्डिजसँग र २४ जुनमा नेदरल्यान्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् भने समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् ।
प्रकाशित समय : १८:२४ बजे



















