nmb bank

गृहपृष्ठ चट्याङ लागेर अछाममा चार जना घाइते

चट्याङ लागेर अछाममा चार जना घाइते

चट्याङ लागेर अछाममा चार जना घाइते

अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् । घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् ।

घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।अन्य घाइते तीन जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ । यस्तै चट्याङ लागेर एक भैसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको बताइएको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु