nmb bank

गृहपृष्ठ प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन ।

आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरे । उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ः ०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन । गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु