nmb bank

गृहपृष्ठ विश्वकप लिग -२ः ओमानविरुद्ध युएईको जित

विश्वकप लिग -२ः ओमानविरुद्ध युएईको जित

विश्वकप लिग -२ः ओमानविरुद्ध युएईको जित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो । जवाफमा ओमानले राम्रो सुरुआत गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा ४७ दशमलव पाँच ओभरमा २४३ रनमै समेटियो ।

ओमानका लागि विनायक शुक्लाले अविजित ५८ रनको योगदान भने कप्तान जतिन्दर सिंहले ४६ रन जोडे ।

बलिङतर्फ युएईका अजय कुमार नायक बने । उनले नौ दशमलव पाँच ओभरमा ३५ रन खर्चेर छ विकेट लिएका थिए । यस्तै, सोही टोलीका हैदर अलीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई ६८ रनको योगफल खडा गरेको थियो । युएईका लागि आर्यांश शर्माले एक सय पाँच रनको शतक प्रहार गरे भने अदीब उस्मानीले ६४ रन र हरप्रीत सिंहले ५४ रनको योगदान दिए ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु