काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संघीय संसदका दुवै सदनको बैठक बस्दै, नीति कार्यक्रममाथि छलफल हुँदै

7.14K
shares

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभामा आइतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।