global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बैंक र बिमाको प्रभुत्व घट्दै

बैंक र बिमाको प्रभुत्व घट्दै

बैंक र बिमाको प्रभुत्व घट्दै

पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटेको छ । जलविद्युत्तलगायत अरू क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटेको हो ।

गत चैत अन्त्यसम्म पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक छ । दोस्रो बजारमा सूचीकृत सेयरको पुँजीकरणका आधारमा यो हिस्सा निकालिएको हो ।

आर्थिक वर्ष ०७५/७६ मा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रको हिस्सा करिब ७२ प्रतिशत थियो । लामो समयदेखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको बाहुल्य रहँदै आएकामा दोस्रो बजारमा बिस्तारै जलविद्युत्लगायत उपसमूहको हिस्सा बढ्दै गएको जानकारहरू बताउँछन् ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु