गृहपृष्ठ बाल अस्पताल निर्माणमा हिमालयन बैंकको २० लाख सहयोग
बाल अस्पताल निर्माणमा हिमालयन बैंकको २० लाख सहयोग
हिमालयन बैंक लिमिटेडले बाल अस्पताल निर्माणका लागि २० लाख सहयोग गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको बूढानीलकण्ठस्थित काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बैंकले २० लाख आर्थिक सहयोग गरेको हो । बैंकले काठमाडौँमा बाल अस्पताल निर्माण गर्ने प्रयोजनका लागि बीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सन् २०१७ सालमा स्थापना भएको काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढंगले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।
संस्थाले दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई रकम हस्तान्तरण गरेका हुन् ।
प्रकाशित समय : ११:२० बजे


















