गृहपृष्ठ रेडमीको नेक्स्ट जेन : रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च
रेडमीको नेक्स्ट जेन : रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च
शाओमी नेपालले भर्खरै आफ्नो नयाँ वायरलेस इअरबड्स रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट लन्च गरेको छ । यी दुवै इअरबड्स आफ्नो मूल्यका लागि उत्कृष्ट विशेषताहरुले भरिएका छन् ।
जोरदार र स्पष्ट साउन्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित आउने यस रेड्मी इअरबड्स ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस इअरबड्सले प्रयोगकर्तालाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ ।
आईपी ५४ प्रोटेक्सन लेभलका लागि इन्जिनियर गरिएको भएर प्रयोगकर्ताले यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्नछन् ।
रेडमी बड्स ४
रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न ब्लुटुथ® ५.२ प्रोटोकल प्रयोग गर्दछ । ता कि प्रयोगकर्ताले छिटो निर्णयहरु लिन सक्नेछन् भने अरुभन्दा अगाडि रहन सक्नेछन् । रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ । जसले एकपटक चार्ज गर्दा ६ घन्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ।
रेडमी बड्स ४ लाइट
एआई नोइज क्यान्सिलेसनका साथसाथै संगीत र कलको लागि टच कन्ट्रोलहजडित रेडमी बड्स ४ लाइटमा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ। यी इअरबड्स आईपी ५४ जडित छन्। यसको मतलब यिनीहरु धुलो र पनि प्रतोरोधी छन्। जसले गर्दा धेरै पसिना आउने अवस्थाका लागि पनि यी इअरबड्स उपयुक्त छन्।
रेडमी बड्स ४ लाइटमा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथसाथै राम्रो र छिटो अनुभवका लागि ब्लुटुथ® रहेको छ। रेडमी बड्स ४ लाइटले सिंगल चार्जमा चार्जमा ५ घन्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घन्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ।
रेडमी बड्स ४ को मूल्य ६ हजार ९९९ हो भने रेडमी बड्स ४ लाइटको मूल्य ३ हजार ४९९ रुपैयाँ हो। आफ्नो मूल्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने यी दुवै एअरबड बजारमा उपलब्ध सबैभन्दा शुपथ वायरलेस एअरबडमध्ये एक हो।
प्रकाशित समय : ११:३० बजे


















