गृहपृष्ठ प्रधानमन्त्रीलाई ३ महिना कैद हुनुपर्ने माग गर्दै उजुरी
प्रधानमन्त्रीलाई ३ महिना कैद हुनुपर्ने माग गर्दै उजुरी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको रोस्टमबाट संसदलाई ढाँटेर संसदप्रति अवहेलना गरेकाले ३ महिना कैद हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा उजुरी परेको छ ।
अधिवक्ता स्वागत नेपालले यस्तो उजुरी दर्ता गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्न-उत्तर कार्यक्रममा जवाफ दिँदा टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे गलत जवाफ दिएको उजुरीमा दाबी गरिएको छ ।
सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण टीकापुर लगायत तराई–मधेसमा भएका घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी गरेका थिए ।
उनको उक्त दाबी सही नभएको भन्दै नेपालले उजुरी गरेका हुन्। प्रधानमन्त्रीले जान्दा जान्दै संसदलाई ढाँटेको भन्दै संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने जिकिर उजुरीमा गरिएको छ ।
प्रकाशित समय : १५:१४ बजे



















